मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

बाँझो रहेको २० रोपनी जमिनमा तमानखोला गाउँपालिकाले गर्‍यो स्याउखेती

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार ८ २०८३
बाँझो रहेको २० रोपनी जमिनमा तमानखोला गाउँपालिकाले गर्‍यो स्याउखेती

'यो क्षेत्रमा स्याउखेती राम्रो हुने अपेक्षा लिएका छौँ, सुरुमा परीक्षणका लागि २० रोपनीमा पन्ध्र सय बिरुवा लगाएका छौँ, यसले उत्पादन दिन थालेपछि अन्य क्षेत्रमा पनि विस्तार गर्ने हाम्रो योजना छ।'

बागलुङ- तमानखोला गाउँपालिकाले वर्षौँसम्म बाझो रहेको २० रोपनी जमिनमा स्याउखेती गरी आयआर्जनको बाटो पहिल्याएको छ।

गाउँपालिका-४ को गोर्दी, बहेली क्षेत्रका बाझो जमिनमा १ हजार ५ सय जातका विभिन्न स्याउका बिरुवा सात लाख रुपैयाँको लगानीमा रोपी खेती गर्न थालेको वडाध्यक्ष छप्रसाद सिर्पालीले बताए। बिरुवाको देखदेख, गोडमेल र व्यवस्थापन सोही वडाले गर्ने गरी व्यवस्था मिलाएको छ।

समुद्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा रहेको गोर्दी र तीन हजार ५०० मिटरको उचाइमा रहेको बहेलीमा स्याउ लगाएर हुर्किएपछि राम्रो उत्पादन हुने विश्वास गाँउपालिकाले गरेको छ। पालिकाले कार्यविधि बनाइ पहिलो चरणमा बाझो जमिनमा खेती गरेको हो।

'यो क्षेत्रमा स्याउखेती राम्रो हुने अपेक्षा लिएका छौँ, सुरुमा परीक्षणका लागि २० रोपनीमा पन्ध्र सय बिरुवा लगाएका छौँ, यसले उत्पादन दिन थालेपछि अन्य क्षेत्रमा पनि विस्तार गर्ने हाम्रो योजना छ', अध्यक्ष बुढा मगरले भने, 'यस क्षेत्रमा स्याउ उत्पादन हुन थाल्यो भने यहाँका नागरिक आयआर्जनसँग जोडिने छन्, भने पर्यटन प्रवद्र्धन पनि हुने अपेक्षा लिएका छौँ।' रासस


प्रकाशित : सोमबार, असार ८ २०८३१२:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend