शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

म्यादी प्रहरीमा लगाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १७ २०७८
म्यादी प्रहरीमा लगाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

राजविराज- म्यादी प्रहरीमा लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महादेवा गाउँपालिका-२ का रामदत्त मण्डलको २३ वर्षीय छोरा अरबिन्दकुमार मण्डल रहेको सप्तरीका प्रहरी नायब  उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

स्थानीय तह निर्वाचन-२०७९ का लागि म्यादी प्रहरीमा भर्नाका लागि दरखास्त फारम भरिसकेका विभिन्न व्यक्तिलाई भर्ना गराइदिन्छु भन्दै ललाइफकाई प्रलोभनमा पारेर रकम लिने गरेको उजुरी आएपछि मण्डललाई पक्राउ गरिएको उनले बताए।

पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , चैत १७ २०७८०८:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend