शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

बिजनेस न्युजका कार्यकारी सम्पादक दाहाल नाटा अवार्डबाट सम्मानित

बुधबार, चैत १६ २०७८
बिजनेस न्युजका कार्यकारी सम्पादक दाहाल नाटा अवार्डबाट सम्मानित

काठमाडौं- बिजनेस न्युज डटकमका कार्यकारी सम्पादक केदार दाहाल 'नाटा मिडिया अवार्ड २०२२’ बाट सम्मानित भएका छन्।

नेपाल एसोसियशन अफ् टुर्स एण्ड ट्राभल एजेन्ट ‘नाटा’ले दाहाललाई सम्मानित गरेको हो।

पत्रकारितामार्फत पर्यटन क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्‍याएवापत उनलाई यो सम्मान प्रदान गरिएको हो।

दाहालले लामो समयदेखि पर्यटन बीटमा रहेर समाचार लेख्दै अएका छन्। दाहालले कारोबार दैनिक, काठमाडौं प्रेस डटकम र नयाँ पत्रिका दैनिकमा समेत काम गरिसकेका छन्।

साथै कान्तिपुर दैनिकमा कार्यरत पत्रकार सुरज कुँवर पनि सोही अवार्डबाट सम्मानित भएका छन्। दाहाल र कुँवरलाई नाटाका अध्यक्ष अच्युत गुरागाइँले अवार्ड प्रदान गरेका थिए।


प्रकाशित : बुधबार, चैत १६ २०७८१०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend