शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नेपाल-सिंगापुर चेम्बर अफ कमर्शको अध्यक्षमा कुँवर

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १६ २०७८
नेपाल-सिंगापुर चेम्बर अफ कमर्शको अध्यक्षमा कुँवर

समितिको विशिष्ट सदस्यमा नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलाई चयन गरिएको छ । 

 

काठमाडौं- नेपाल सिङ्गापुर चेम्बर अफ कमर्श एण्ड इन्ड्रस्टिजको अध्यक्षमा इन्जिनियर दीपक कुँवर चयन भएका छन्। 

कमर्शको मङ्गलबार साँझ सम्पन्न भेलाले कुँवरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । 

उपाध्यक्षमा सञ्जयकुमार अग्रवाल र विनोद ढकाल, महासचिवमा कृष्णकुमार अग्रवाल, कोषाध्यक्षमा गोविन्दप्रसाद थपलिया, सचिवद्वयमा देवआनन्द सरवगी र दिनेश बज्राचार्य चयन भएका छन्। 

यसैगरी सदस्यहरुमा कमला श्रेष्ठ, गोविन्दप्रसाद घिमिरे, विजयसिंह वैद्य, मनोजकुमार अग्रवाल, स्कन्द अमात्य, दीपेश तुलाधर, रजुल श्रेष्ठ, खेमराज पन्त, अभिषेक सारडा, सुजेन श्रेष्ठ, सुमेध शाक्य, निशान ढकाल र आरुश्री खतिवडालाई चयन गरिएको छ ।

समितिको विशिष्ट सदस्यमा नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलाई चयन गरिएको छ । 


प्रकाशित : बुधबार, चैत १६ २०७८०८:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend