बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

घट्यो सुनचाँदीको मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २१ २०८३
घट्यो सुनचाँदीको मूल्य

हिजो बुधबार एक तोला सुन ३ लाख ११ हजार ३ सय र त्यति नै परिमाणको चाँदी ५ हजार ३ सय ७० रुपैयाँमा खरिदबिक्री भएको छ।

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आज बिहीबार सुन तोलामा २ सय र चाँदी ८५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ। एक तोला चाँदीको मूल्य ५ हजार २ सय ८५ रुपैयाँ निर्धारण भएको छ।

हिजो बुधबार एक तोला सुन ३ लाख ११ हजार ३ सय र त्यति नै परिमाणको चाँदी ५ हजार ३ सय ७० रुपैयाँमा खरिदबिक्री भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ४ सय ६१ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , जेठ २१ २०८३११:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend