बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चीन भन्छ, विद्युतीय सवारी उत्पादक धेरै भए

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ३ २०७८
चीन भन्छ, विद्युतीय सवारी उत्पादक धेरै भए

चीनमा हाल करिब ३ वटा कम्पनीले विद्युतीय सवारी उत्पादन गर्दै आएका छन्। ब्लुम्बर्गका अनुसार चीनमा भएका विद्युतीय सवारी उत्पादक र तीनको उतपादन क्षमताको प्रयोग नभएसम्म अब उप्रान्त नयाँ उद्योगले अनुमति पाउनु सम्भावना न्यून छ। 

काठमाडौं- पछिल्लो दुई दशक चीन विश्वको मुख्य कार उत्पादकको रुपमा रहेको छ। पछिल्लो समय विद्युती सवारीमा समेत चीन विश्व अटो बजारमा अग्रपंक्तिमै छ। 

विश्वका ठूला सवारी उत्पादकहरु विद्युतीय सवारी उत्पादनमा केन्द्रित हुन थालेका छन्। यता चीनमा भने देशभित्रै विद्युतीय सवारी उत्पादकबीच तिब्र प्रतिस्पर्धाको अवस्था रहेको चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रीको भनाइ छ। 

उद्योग मन्त्री सियाओ याकिङले चीनमा विद्युतीय सवारी उत्पादन गर्ने कम्पनीको संख्या अत्याधिक भएको बताए। सरकारले यसरी अत्याधिक संख्यामा रहेका विद्युतीय सवारी उत्पादकलाई भविष्यमा एकितृत गर्ने लक्ष्य रहेको उनले बताएका सीएनबीसीलाई उद्धृत गर्दै द ड्राइभले लेखेको छ। 

चीनमा विद्युतीय सवारीको प्रयोगलाई प्राथमिकता दिने नीति सरकारले लिएको छ। बेइजिङले विद्युतीय कार उत्पादकहरुलाई कर वर्गीकरण थप तथा सहुलियत दिएको छ। जसका कारण उपभोक्ताले सस्तोमा पाउने भएपछि विद्युतीय सवारी किनुन् भन्ने नीति सरकारको छ। 

चीन सरकारले देशभर चार्जिङ नेटवर्क विस्तार गर्ने नीति लिएको छ। जसका कारण ग्रामिण क्षेत्रमा समेत विद्यूतीय सवारीको प्रयोग बढ्ने छ। 

china ev.jpg

चीनमा हाल करिब ३ वटा कम्पनीले विद्युतीय सवारी उत्पादन गर्दै आएका छन्। ब्लुम्बर्गका अनुसार चीनमा भएका विद्युतीय सवारी उत्पादक र तीनको उतपादन क्षमताको प्रयोग नभएसम्म अब उप्रान्त नयाँ उद्योगले अनुमति पाउनु सम्भावना न्यून छ। 

हाल चीनमा रहेको विद्युतीय सवारी उत्पादकहरुको जति उत्पादन क्षमता छ त्यसको ५३ प्रतिशतमात्र उत्पादन भइरहेको छ। तर अमेरिकी कार उत्पादकहरुको मान्यता भने भिन्दै छ। उनीहरु उत्पादन क्षमताको ८० प्रतिशत उपयोग भएन भने त्यसबाट नाफा हुँदैन भन्ने मान्यतामा छन्। 

चीनमा सरकारले विद्युतीय सवारी उत्पादकको संख्या घटाउन चाहेको खण्डमा अन्य देशमा जस्तो असहज हुने छैन। यसले ठूला र ब्रान्ड बनाइसकेका केही उत्पादकलाई भने अप्ठेरो अवस्था आउन सक्ने अनुमान गरिएको छ।


प्रकाशित : आइतबार, असोज ३ २०७८१०:३४
  • सम्बन्धित विषय:

  • # चीन
  • # विद्युतीय सवारी
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend