शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने ५ जना पक्राउ  

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १४ २०७८
बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने ५ जना पक्राउ  

खोटाङ- खोटेहाङ गाउँपालिका-३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन् गरेको अभियोगमा ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।  

पक्राउ पर्नेहरुमा पाचँथर फिदिम नगरपालिका-९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५७ वर्षीय डिल्ली आङ्दाङबे र झापा धाइजन गाउँपालिका-७ बस्ने ७३ वर्षीय सुन बहादुर चेम्जोङ रहेका छन्।

बहुमूल्य धातु पुल्लीको उत्खनन् भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

उनीहरुको साथबाट २ थान सेतो कालो पाटे पुलि, १ थान कालो भेडी सेतो, १ थान कालो टेका भेडी, २ थान रातो टेका माला, ६ थान खैरो टेका माला र ५ थान बेल्चा प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ।   

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।


प्रकाशित : सोमबार, चैत १४ २०७८०७:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend