शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने ५ जना पक्राउ  

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १४ २०७८
images
बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने ५ जना पक्राउ  
images
images

खोटाङ- खोटेहाङ गाउँपालिका-३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन् गरेको अभियोगमा ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।  

images
images
images

पक्राउ पर्नेहरुमा पाचँथर फिदिम नगरपालिका-९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५७ वर्षीय डिल्ली आङ्दाङबे र झापा धाइजन गाउँपालिका-७ बस्ने ७३ वर्षीय सुन बहादुर चेम्जोङ रहेका छन्।

images
images

बहुमूल्य धातु पुल्लीको उत्खनन् भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

images
images

उनीहरुको साथबाट २ थान सेतो कालो पाटे पुलि, १ थान कालो भेडी सेतो, १ थान कालो टेका भेडी, २ थान रातो टेका माला, ६ थान खैरो टेका माला र ५ थान बेल्चा प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ।   

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।


प्रकाशित : सोमबार, चैत १४ २०७८०७:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend