मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २५ २०८३
आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९९ हजार ९ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ।

काठमाडौं-  बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा १ हजार ३ सय र चाँदी १ सय २० रुपैयाँले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९९ हजार ९ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६ सय र त्यति नै परिमाणको चाँदी ५ हजार १ सय ५५ मा कारोबार भएको थियो।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९६ हजार ८ सय  र त्यति नै परिमाणको चाँदी पाँच हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७ सय १५ र त्यति नै परिमाणको चाँदी ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित : शुक्रबार, वैशाख २५ २०८३११:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend