बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३
बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि प्रभाव

नेपाल लाइफ इन्स्योरेन्सबाहेक सबै कम्पनीलाई हकप्रदको दबाब, सेयर भ्यालु कस्तो होला?

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ११ २०७८
नेपाल लाइफ इन्स्योरेन्सबाहेक सबै कम्पनीलाई हकप्रदको दबाब, सेयर भ्यालु कस्तो होला?

बीमा समितिले गत वर्षको लाभांशमा नगद दिन प्रतिवन्ध गरेर बोनस सेयर मात्रैमा लाभांश दिन अनुमति दिएको थियो। सोही कारण भने कम्पनीहरूलाई केही सहज भएको छ। 

काठमाडाैं- बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाउने निर्णयसँगै विभिन्न तर्कवितर्क सुरु भएको छ। बिहीबार बीमा समितिले कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको छ।

समिति सञ्चालक समितिले कम्पनीहरूको भारबहन क्षमता बढाउनका लागि भन्दै पुँजी वृद्धि गर्ने निर्णय गरेको छ। जसमा जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउने निर्णय गरिएको जानकारी दिएको छ। समितिको यो निर्णय अनुसार कम्पनीहरूले पुँजी बढाउनुपर्ने भएको छ। यसअघि जीवन बीमा कम्पनीको २ र निर्जीवनको चुक्ता पुँजी १ अर्ब रुपैयाँ थियो।

समितिको निर्णयसँगै जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बाहेक सबैलाई चुक्ता पुँजी बढाउने दवाव पर्ने छ। बीमा समितिले गत वर्षको लाभांशमा नगद दिन प्रतिवन्ध गरेर बोनस सेयर मात्रैमा लाभांश दिन अनुमति दिएको थियो। सोही कारण भने कम्पनीहरूलाई केही सहज भएको छ। 

तर पनि धेरैजसो कम्पनीहरूले अब हकप्रद मार्फत चुक्ता पुँजी पुर्‍याउने वा प्रमोटरबाट पैसा उठाएर चुक्ता पुँजी बढाउने दुई विकल्प मात्रै रहेका छन्। मुख्यत कम्पनीहरूले हकप्रद मार्फत जनताको पैसा उठाउन सहज हुने भएकाले सोही साहरा लिने छन्। हकप्रदकै साहरामा केही वर्ष अगाडि बैंक तथा वित्तिय संस्थाहरूको चुक्ता पुँजी बढाउन सेयर भ्यालुको हिसाब अहिलेसम्म पनि माथि उठ्न सकेका छैनन्। अव बीमा कम्पनीहरूका पनि सोही समस्या आउने कतिपय जानकारहरूको बुझाई छ। सेयर संख्या बढेपछि सेयर भ्यालु घट्ने सामान्यत नियम नै हो। 

जसको ठूलो सङ्ख्यामा सेयर खरिद बिक्री हुँदैनकम्पनीहरूले खाली नाफा मार्फत लाभांश धेरै दिने र सेयर मूल्य बढाउने बाहेक अन्य विकल्पहरू सकिने छन्। जसका कारण कम्पनीहरूमा स्थायित्व भने अवस्य हुने देखिन्छ। जीवन बीमा कम्पनीमा लाभांश घोषणा गरेकोमध्ये नेपाल लाइफ बाहेकका कम्पनीलाई चुक्ता पुँजी पुर्‍याउन धौधौ पर्ने छ। लाभांशपछि नेपाल लाइफको चुक्तापुँजी ८ अर्ब १९ करोड रुपैयाँ र नेशनल लाइफको ४ अर्ब ३ करोड रुपैयाँ चुक्तापुँजी पुग्ने छ।

प्राइम लाइफको बोनसपछि २ अर्ब ७७ करोड पुग्नेछ। सूर्य लाइफको १२.७ प्रतिशत बोनस सेयरपछि २ अर्ब ७७ करोड पुग्नेछ। त्यस्तैगरी लाइफ इन्स्योरेन्सको २० प्रतिशत बोनसपछि २ अर्ब ६५ करोड रुपैयाँको छ। ज्योति लाइफको पनि १० प्रतिशत बोनसपछि २ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पुँजी पुग्नेछ। एसियन लाइफको पनि २५ प्रतिशत लाभांशपछि २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ। नेपाल लाइफ बाहेक सबै कम्पनीले हकप्रदको साहरा लिएर चुक्ता पुँजी थप्नुपर्ने दवाव छ। 

निर्जिवन बिमा कम्पनीहरुमा पनि दबाव 

निर्जीवन बिमा कम्पनीहरूले मात्रै २४ अर्ब पुँजी थप्नुपर्ने हुन्छ। जसमा सबैभन्दा बढी भार राष्ट्रिय बीमा कम्पनीलाई थपिनेछ। कम्पनीले अहिले भएको पुँजीमा ८३७ प्रतिशत रकम थप्नुपर्ने हुन्छ। कम्पनीको हाल २६ करोड ६६ लाख मात्रै चुक्ता पुँजी भएको कम्पनीले २ अर्ब ५० करोड पुर्‍याउनुपर्नेछ। त्यस्तै शिखरले हकप्रद जारी गरेकोले केही सहज हुने छ। 

कम्पनीको हाल १ अर्ब ७५ करोड रहेकोमा हकप्रदपछि २ अर्ब २८ करो पुग्ने भएकोले अर्को वर्ष नै बोनस सेयर मार्फत चुक्ता पुँजी पुग्ने देखिन्छ।

त्यस्तै नेको १ अर्ब ५२ करोड, सगरमाथा १ अर्ब ११ करोड, एनएलजीको १ अर्ब २० करोड, सिद्धार्थ इन्स्योरेन्सको १ अर्ब १२ करोड, प्रिमियरको १ अर्ब ७४ लाख, प्रभुको १ अर्ब १६ करोड, लुम्बिनी जनरलको १ अर्ब १९ करोड, नेपाल इन्स्योरेन्सको १ अर्ब २४ करोड, हिमालयन जनरलको १ अर्ब १५ करोड, एभरेष्टको १ अर्ब १८ करोड, युनाइटेडको १ अर्ब २ करोड, जनरल १ अर्ब, अजोड १ अर्ब सानिमा १ अर्ब रहेको छ। 


प्रकाशित : शुक्रबार, चैत ११ २०७८१२:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend