शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनकोसी ठोकर्पाका सबै घरमा खानेपानी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ११ २०७८
सुनकोसी ठोकर्पाका सबै घरमा खानेपानी

सिन्धुपाल्चोक- सुनकोसी गाउँपालिका-१ ठोकर्पाका सबै घरधुरीमा मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गरिएको छ।

बिहीबार एक कार्यक्रमबीच पूर्वसूचना तथा सञ्चारमन्त्री एवं नेपाली कांग्रेका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति उद्घाटन गरे। उद्घाटनकै क्रममा नता बस्नेतले मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गर्ने नेपालकै पहिलो वडा घोषणासमेत गरे।

कार्यक्रममा सुनकोसी गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीले सुनकोसीको वडा नं १ बाट सुरु भएको यो अभियान अब गाउँपालिकाका सबै वडामा सञ्चालन हुने बताए। वडाका सम्पूर्ण घरधुरी तथा सङ्घ संस्थासहित ७८६ धुरीमा पानी उपलब्ध गराउने कार्य सम्पन्न भएको वडाध्यक्ष नेत्रबहादुर कार्कीले बताए। उनका अनुसार वडाका सबै घरधुरीमा मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गर्ने यो वडा नेपालमै पहिलो हो

अत्यन्त सुक्खा ग्रस्त क्षेत्रको रुपमा विगत लामो समयदेखि यहाँका स्थानीयले खानेपानीको चरम अभाव भोगिरहेको यो वडामा अब करिब छ महिनाको सुक्खा समयमा खानेपानी मागको करिब ४५ प्रतिशत डिपबोरिङ, ३५ प्रतिशत लिफ्टिङ र बाँकी २० प्रतिशत अन्य प्राकृतिक मुहानबाट खानेपानीको अपूर्ति भइरहेको वडाध्यक्ष कार्कीले बताए।

वर्षायामको समयमा करिब शतप्रतिशत नै प्राकृतिक मुहानको पानीलाई शुद्धीकरण गरी खानेपानी ‘सिस्टम’मा जोडेर खानेपानीको आपूर्ति गरिएको छ। रासस


प्रकाशित : शुक्रबार, चैत ११ २०७८०९:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend