आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

राजस्व सुधार कार्ययोजना बनाउँदै बाँकेका स्थानीय तह 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ११ २०७८
images
राजस्व सुधार कार्ययोजना बनाउँदै बाँकेका स्थानीय तह 

विगतमा योजनाबिनै काम गर्नुपर्ने वाध्यता रहेकामा अब राजस्व सुधार कार्ययोजना बनेसँगै काम गर्न सहज हुने बताइएको छ।

images
images

राँझा- बाँकेका स्थानीय तहले आन्तरिक आम्दानी बढाउन राजस्व सुधार कार्ययोजना तयार गर्न थालेका छन्। कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले कार्ययोजना तयार गरिसकेका छन् भने खजुरा गाउँपालिका कार्ययोजना तयारी चरणमा जुटेको छ।

images
images
images

कोहलपुर  नगरपालिकाको आन्तरिक आम्दानी तथा राजस्वको दायरा बढाउन योजनाका साथ काम भएको नगरप्रमुख लुटबहादुर रावतले बताए। उनका अनुसार विगत तीन आर्थिक वर्षको नगरपालिकाको आर्थिक प्रतिवेदनमाथि विश्लेषण र छलफलका आधारमा आगामी तीन वर्षको राजस्व प्रक्षेपणसहित राजस्व सुधार कार्ययोजना तयार भएको छ।

images
images

कोहलपुरको आन्तरिक आम्दानी अहिले जम्मा बजेटको १० प्रतिशत मात्रै रहेकाले आगामी तीन वर्षमा यो दर बढेर १५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। यस्तै बैजनाथ गाउँपालिकाको आन्तरिक आम्दानी अहिले जम्मा बजेटको चार प्रतिशत रहेकामा आगामी तीन वर्षमा नौ प्रतिशत पुर्‍याउने प्रक्षेपणका साथ राजस्व सुधार कार्ययोजना तयार गरिएको छ।
 
प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्जको सहयोग तथा सेन्टर फर गुड गभर्नेन्स एण्ड डेभलपमेन्ट मेनेजमेन्टको परामर्शमा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले राजस्व सुधार कार्ययोजना तयार गरेका हुन्। विगत तीन आवको स्थानीय तहको आर्थिक प्रतिवेदनमाथि विश्लेषण र छलफलका आधारमा आगामी तीन वर्षको राजस्व प्रक्षेपणसहितको राजस्व सुधार कार्ययोजना तयार गरिएको सेन्टर फर गुड गभर्नेन्स एण्ड डेभलपमेन्ट मेनेजमेन्टका अध्यक्ष एवं सहजकर्ता टीकाराम पन्थीले जानकारी दिए।

images
images

उनका अनुसार राजस्व सुधार कार्ययोजना तयारीका लागि फिल्ड सर्भे, वडा कार्यालय, नगरपालिकाका शाखा, उद्योग व्यापार संघ र नगरपालिका आर्थिक विकास समितिबीच अन्तक्रियापश्चात प्रतिवेदन तयार गरिएको हो। 

विगतमा योजनाबिनै काम गर्नुपर्ने वाध्यता रहेकामा अब राजस्व सुधार कार्ययोजना बनेसँगै काम गर्न सहज हुने कोहलपुरका आर्थिक विकास समिति संयोजक डिलबहादुर परियारले बताए।

यस वर्ष बाँकेका तीन स्थानीय तहलेमात्रै राजस्व सुधार कार्ययोजना तयार गर्दैछन्। कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले तयार गरिसकेको तथा खजुरामा तयारी कार्य भइरहेको सेन्टर फर गुड गभर्नेन्स एण्ड डेभलपमेन्ट मेनेजमेन्टका सहजकर्ता हरगोविन्द पाण्डेले जानकारी दिए। उनका अनुसार लुम्बिनी प्रदेशका ३५ स्थानीय तहले यस आवमा राजस्व सुधार कार्ययोजना तयार गर्दैछन्। रासस


प्रकाशित : शुक्रबार, चैत ११ २०७८०५:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend