शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

मनकामना केबुलकार आउने सोमबार बन्द रहने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ११ २०७८
मनकामना केबुलकार आउने सोमबार बन्द रहने

मुग्लिन- नेपालको पहिलो केबुलकार मनकमना केबुलकार एक दिन बन्द हुने भएको छ। नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको हो।

मर्मतसम्भारपछि चैत १५ गते मङ्गलबारदेखि पुनः नियमित सञ्चालनमा आउने नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। उनका अनुसार सो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका-४ चेरेशस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत रहने छ।

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान सहजताका लागि मनकामना दर्शन प्रालिद्वारा २४ वर्षअघिदेखि सञ्चालित मनकामना केबुलकार स्तरोन्नतिको तयारीमा रहेको छ। रासस


प्रकाशित : शुक्रबार, चैत ११ २०७८०५:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend