मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

बुधबार, वैशाख १६ २०८३
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

गत माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य ७ हजार ५ सय ५ रुपैयाँ थियो।

काठमाडौं- नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ रहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदी प्रतितोला ४ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँ थियो।

नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य ७ हजार ५ सय ५ रुपैयाँ थियो।


प्रकाशित : बुधबार, वैशाख १६ २०८३११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend