शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

काठमाडौं उपत्यकाका २५ सम्पदास्थलमा विशेष सफाइ

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १० २०७८
images
काठमाडौं उपत्यकाका २५ सम्पदास्थलमा विशेष सफाइ
images
images

काठमाडौं- काठमाडौं उपत्यकाका सम्पदा सफाइ अभियानको २३ दिने कार्यक्रम बुधबार सम्पन्न भएको छ।

images
images
images

महाशिवरात्रि पर्वका अवसरमा सुरु गरिएको अभियानको अन्तिम दिन बुधबार भद्रकाली मन्दिर परिसर सफाइ गरी कार्यक्रम समापन गरिएको हो। सम्पदा सफाइ अभियानका क्रममा काठमाडौं, ललितपुर र भक्तपुरका दरबार क्षेत्र, मध्यपुरथिमी नगरपालिकाका सम्पदा क्षेत्र गरी २५ सम्पदास्थलमा सफाइ गरिएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए।

images
images

सफाइमा स्थानीयवासी, वाग्मती एवं काठमाडौँ उपत्यकामा सञ्चालित अन्य सरसफाइ अभियानकर्मी, निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, सामाजिक अभियानकर्मीलगायतको सक्रियता थियो।

images
images

सरसफाइका क्रममा वरिपरिका स्थानीयवासीलगायत उपस्थित सबैलाई गुर्जाेको महत्व प्रकाश पार्दै गुर्जाे चियासमेत सेवन गराइएको थियो।

उपस्थित सफाइ अभियानकर्मीलाई गुर्जोलगायत ६० प्रकारका जडीबुटीबाट बनाइएको चिया र धुलोका पोकासमेत निःशुल्क वितरण गरिएको थियो। रासस


प्रकाशित : बिहीबार , चैत १० २०७८१३:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend