बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कर्जा असुलीमा बैंकहरूलाई सकस, २० वाणिज्य बैंकको औसत खराब कर्जा ५ प्रतिशत नाघ्यो

मंगलबार, वैशाख १५ २०८३
कर्जा असुलीमा बैंकहरूलाई सकस, २० वाणिज्य बैंकको औसत खराब कर्जा ५ प्रतिशत नाघ्यो

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक वित्तीय विवरण अनुसार पछिल्लो समय बैंकिङ क्षेत्रमा खराब कर्जा को चाप निकै बढेको देखिएको छ।

काठमाडौं-  वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक वित्तीय विवरण अनुसार पछिल्लो समय बैंकिङ क्षेत्रमा खराब कर्जा को चाप निकै बढेको देखिएको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष बैंकहरुको औसत खराब कर्जामा वृद्धि भएकाे हाे।

तथ्यांक अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुको औसत खराब कर्जा ४.८ प्रतिशत रहेकोमा यस आर्थिक वर्षको ९ महिनाको अवधिमा त्यो बढेर ५.२५ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार खराब कर्जा ५ प्रतिशतभन्दा माथि जानुलाई जोखिमपूर्ण मानिन्छ। यसपटक २० वटा वाणिज्य बैंकमध्ये ७ वटा बैंकको खराब कर्जा ५ प्रतिशतको जोखिमपूर्ण सीमाभन्दा माथि पुगेको छ।

५  प्रतिशतभन्दा धेरै खराब कर्जा भएका बैंकहरू

यस अवधिमा ९ वटा वाणिज्य बैंकहरुको खराब कर्जा ५ प्रतिशतको जोखिमपूर्ण सीमाभन्दा माथि पुगेको छ।

नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार खराब कर्जा ५ प्रतिशतभन्दा माथि जानुलाई जोखिमपूर्ण मानिन्छ। यसपटक २० वटा वाणिज्य बैंकमध्ये ९ वटा बैंकको खराब कर्जा ५ प्रतिशतको जोखिमपूर्ण सीमाभन्दा माथि पुगेको छ। 

सबैभन्दा उच्च खराब कर्जा हुनेमा एनआईसी एसिया बैंक देखिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ५.७५ प्रतिशत खराब कर्जा रहेको यस बैंकको खराब कर्जा यस वर्षको चैत मसान्तसम्म आइपुग्दा ८.८५ प्रतिशत पुगेको छ। 

एनआईसी एसियासँगै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) को अवस्था पनि चुनौतीपूर्ण देखिएको छ। एनआईएमबीको खराब कर्जा गत वर्ष ६.०६ प्रतिशत रहेकोमा यस वर्षको तेस्रो त्रैमाससम्म बढेर ८.४१ प्रतिशत पुगेको छ।

प्रभु बैंकको खराब कर्जा पनि अघिल्लो वर्षको तुलनामा अत्याधिक बढेको छ। गत वर्षको तेस्रो त्रैमासमा ५.०९ प्रतिशत रहेको प्रभुको खराब कर्जा यस वर्ष ८.८४ प्रतिशत पुगेको छ। 

त्यस्तै, हिमालयन बैंक लिमिटेडको खराब कर्जा पनि झण्डै ८ प्रतिशतको विन्दुमा पुगेको छ। गत वर्ष ७.६८ प्रतिशत रहेको यस बैंकको खराब कर्जा अहिले ७.९८ प्रतिशत पुगेको छ। प्राइम कमर्सियल बैंककाे पनि खराब कर्जा ५‍.६५ प्रतिशतबाट बढेर ६.३९ प्रतिशत पुगेकाे छ।

खराब कर्जा ५ प्रतिशत माथि रहेका अन्य बैंकहरुमा कुमारी बैंक ६.९४ प्रतिशतका साथ अगाडि छ। यद्यपि गत वर्षको ६.९८ प्रतिशतको तुलनामा यसमा सामान्य सुधार देखिएको छ। 

लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५.८६ प्रतिशतबाट घटेर ५.२९ प्रतिशतमा झरेको छ भने सिटिजन्स बैंक इन्टरनेशनलको खराब कर्जा ५.७१ प्रतिशतबाट केही बढेर ६.८२ प्रतिशत कायम भएको छ। कृषि विकास बैंकको खराब कर्जा भने ४.९८ प्रतिशतबाट बढेर ५.०६ प्रतिशत पुग्दै ५ प्रतिशतको सीमा नाघेको छ।

४ प्रतिशतभन्दा धेरै खराब कर्जा भएका बैंकहरु

४ प्रतिशतभन्दा धेरै खराब कर्जा भएका बैंकहरूको सूची पनि छ। २० वटा वाणिज्य बैंकमध्ये अधिकांशको अवस्था यसै वरपर देखिएको छ। ग्लोबल आइएमई बैंकको खराब कर्जा ४.९८ प्रतिशतबाट झिनो सुधार भई ४.९७ प्रतिशत कायम भएको छ।

नबिल बैंकले भने आफ्नो खराब कर्जा ४.९६ प्रतिशतबाट घटाएर ४.३७ प्रतिशतमा झार्न सफल भएको छ। नेपाल बैंकको ५.४५ प्रतिशत रहेको खराब कर्जा घटेर ४.९६ प्रतिशत पुगेको छ।

सुधारको बाटोमा देखिएका अन्य बैंकहरुमा माछापुच्छ्रे बैंकले खराब कर्जा ४.५९ प्रतिशतबाट घटाएर ४.०१ प्रतिशतमा झारेको छ भने सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ४.६९ प्रतिशतबाट घटेर ४.४८ प्रतिशत कायम भएको छ।

तथ्यांक हेर्दा एभरेष्ट बैंक सबैभन्दा सुरक्षित देखिएको छ। यस बैंकको खराब कर्जा ०.६४ प्रतिशतबाट घटेर ०.६१ प्रतिशत पुगेको छ। जुन २० वाणिज्य बैंकमध्येकै सबैभन्दा कम हो। नेपाल एसबीआई बैंकले पनि सुधार गर्दै ४.०६ प्रतिशतबाट खराब कर्जा २.५३ प्रतिशतमा झारेको छ। 

सिद्धार्थ बैंकको खराब कर्जा ४.०५ प्रतिशतबाट घटेर ३.७१ प्रतिशत पुगेको छ। यता सानिमा बैंकको ३.४२ बाट बढेर ३.९९ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकको १.४४ बाट १.८१ प्रतिशत पुगेको छ।

१११.PNG
बैंकहरुकाे त्रैमासिक रिपार्टमा तयार गरिएकाे


प्रकाशित : मंगलबार, वैशाख १५ २०८३१५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend