शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

९३.१ प्रतिशतले लगाए कोराना भाइरसविरुद्धको खोप

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १० २०७८
९३.१ प्रतिशतले लगाए कोराना भाइरसविरुद्धको खोप

काठमाडौं- नेपालमा अहिलेसम्म लक्षित जनसङ्ख्याको ९३ दशमलव १ प्रतिशतले पहिलो मात्रा र ८१ दशमलव ६ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन्।

नेपालमा हालसम्म कुल ४ करोड ७८ लाख ८२ हजार ८ सय मात्रा कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको छ। तीमध्ये चीन सरकारले १ करोड ९७ लाख ३६ हजार ४ सय मात्रा खोप उपलब्ध गराएको छ।

यस्तै चीन सरकारले ३४ लाख सिरिञ्ज पनि उपलब्ध गराएको छ। चीनसहित छिमेकी मुलुक भारत, अमेरिका, जापानलगायत देशले पनि कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएका छन्। 

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बादेबाबु थापाका अनुसार चीन सरकारसँग खरिद गरेर सरकारबाट सरकार (जिटुजी)मार्फत एक करोड, एशियाली विकास बैंकको ऋण सहायतामा ५९ लाख ३६ हजार ४ सय, अनुदानमा ३४ लाख मात्रा खोप उपलब्ध गराएको हो। यस्तै एक लाख चिनियाँ रेडक्रमले नेपाल रेडक्रसलाई र तीन लाख मात्रा चीनले नेपाली सेनालाई उपलब्ध गराएको छ।

यस्तै चीन सरकारले नयाँ बानेश्वरस्थित सिभिल अस्पताल र चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल निर्माण गर्नसमेत सहयोग गरेको छ। रासस


प्रकाशित : बिहीबार , चैत १० २०७८१३:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend