बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वायु शुद्धीकरणको उपयुक्त विकल्प ब्ल्याक प्लस डेकरको एयर प्युरिफायर

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख १० २०८३
वायु शुद्धीकरणको उपयुक्त विकल्प ब्ल्याक प्लस डेकरको एयर प्युरिफायर

काठमाडौं- काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणका बीच ब्ल्याक प्लस डेकरले वायु शुद्धीकरणको उपयुक्त विकल्पका रूपमा आफ्नो एयर प्युरिफायर प्रयोग गर्न सुझाव दिएको छ।

कम्पनीका अनुसार धेरै समय बिताइने घर वा कार्यालयभित्रको हावालाई भने सुरक्षित राख्नका लागि  ब्ल्याक प्लस डेकरको एपी३५६०-बी५ एयर प्युरिफायर उपयुक्त विकल्प हो। यसले हावामा रहेका घातक पीएम२.५ सूक्ष्म कणहरूलाई तीन तहको सुरक्षा प्रणालीमार्फत फिल्टर गर्दछ।

यसमा भएको ट्रु एचईपीए १३ फिल्टरले हावामा रहेका ९९.९७ प्रतिशतसम्मका हानिकारक सूक्ष्म कण, एलर्जी गराउने तत्त्व र ब्याक्टेरियालाई नष्ट गरी शुद्ध हावा प्रदान गर्छ। एक्टिभेटेड कार्बन फिल्टरले धुवाँ, बाहिरी अस्वस्थकर गन्ध र हानिकारक ग्यासहरूलाई तुरुन्त सोसेर हावालाई ताजा बनाउँछ। यस्तै प्रि-फिल्टरले धुलोका ठूला कण र घरपालुवा जनावरका रौँलाई रोकेर मुख्य फिल्टरको आयु बढाउन मद्दत गर्छ।

नेपाली इलेक्ट्रोनिक्स बजारमा ४० वर्षभन्दा बढी समयदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन र नवप्रवर्तनमार्फत लाखौँ उपभोक्ताको विश्वास जितेको छ। कम्पनीले देशभरका २८ वटा अत्याधुनिक सीजी डिजिटल र एलजी शपी शोरुम, विस्तृत आधिकारिक विक्रेता सञ्जाल र अनलाइनमार्फत उत्पादन खरिद गर्न सकिने जनाएको छ।

नेपालमा उपलब्ध ब्ल्याक प्लस डेकरका एयर प्युरिफायर २४ महिना (२ वर्ष) को विस्तृत वारेन्टीका साथ उपलब्ध छन्। सीजी इलेक्ट्रोनिक्सको देशव्यापी बलियो सर्भिस नेटवर्कले उपभोक्तालाई बिक्रीपछिको उत्कृष्ट सेवा र पूर्ण सन्तुष्टि सुनिश्चित गर्दछ।


प्रकाशित : बिहीबार , वैशाख १० २०८३१६:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend