बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वर्ल्डलिंक कम्युनिकेसन्सद्वारा डस्टबिन हस्तान्तरण तथा सरसफाइ कार्यक्रम सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख १० २०८३
वर्ल्डलिंक कम्युनिकेसन्सद्वारा डस्टबिन हस्तान्तरण तथा सरसफाइ कार्यक्रम सम्पन्न

काठमाडौं- वर्ल्डलिंक कम्युनिकेसन्सले कीर्तिपुर वडा नं ६ मा अवस्थित मन्जुश्री पार्कमा डस्टबिन हस्तान्तरण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीले पृथ्वी दिवसका अवसरमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम गरेको हो। कार्यक्रम स्थानीय संस्था प्रगतिशील युवा समूह र जलविनायक सामुदायिक वन उपभोक्ता समूहसहितको संयुक्त आयोजनामा सञ्चालन भएको हो। 

कार्यक्रममा मन्जुश्री पार्क र जलविनायक सामुदायिक वनको क्षेत्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि डस्टबिन हस्तान्तरण गरिएको छ। त्यहाँका प्रतिनिधिसमक्ष वर्ल्डलिंककी सीएसआर डाइरेक्टर तथा प्रमोटर सेयर होल्डर, अनुपा भण्डारी जालान र कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्यले सयुक्त रूपमा डस्टबिनको चाबी हस्तान्तरण गरेका थिए।

साथै सहभागीहरूले पार्क र सामुदायिक वन क्षेत्रमा सामूहिक रूपमा सरसफाइ अभियान सञ्चालन गर्दै प्लास्टिकरहित क्षेत्र व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्कमा आउने आगन्तुकहरूको सुविधालाई ध्यानमा राख्दै उक्त क्षेत्रमा निःशुल्क वाइफाइ सेवा पनि उपलब्ध गराइएको जानकारी भण्डारी जलानले दिइन्। 

कार्यक्रममा कीर्तिपुर ६ का वडाअध्यक्ष, जलविनायक सामुदायिक वन उपभोक्ता समूह, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय समुदाय, तथा सरोकारवाला व्यक्तिको उपस्थिति थियो।


प्रकाशित : बिहीबार , वैशाख १० २०८३१६:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend