बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनआईसी एसिया बैंकका ग्राहकलाई काठमाडौंस्थित एभरेष्ट हस्पिटलको उपचार सेवामा छुट

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख १० २०८३
एनआईसी एसिया बैंकका ग्राहकलाई काठमाडौंस्थित एभरेष्ट हस्पिटलको उपचार सेवामा छुट
काठमाडौं- एनआईसी एसिया बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने समझदारी भएको छ। समझदारीपत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ नरेन्द्र मैनाली र एभरेष्ट हस्पिटलका तर्फबाट प्रशासन प्रमुख दीपकचन्द्र बरालले हस्ताक्षर गरे।
 
समझदारीपछि अब एनआईसी एसिया बैंकका ग्राहकले काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा उपलब्ध विभिन्न सेवा (आउटसोर्स सेवा, डाक्टर परामर्श र एम्बुलेन्स शुल्कबाहेक) उपयोग गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउने छन्।
 
साथै ग्राहकहरूले अपरेसनमा ५ प्रतिशत र हस्पिटलको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट पाउने छन्। सुविधाको उपयोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ।


प्रकाशित : बिहीबार , वैशाख १० २०८३१५:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend