काठमाडौं- नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ सय १० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो बुधबार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ हजार २० रुपैयाँ कायम भएको छ। हिजो बुधबार चाँदी प्रतितोला ५ हजार १ सय ३० रुपैयाँमा कारोबार भएको थियो।
नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो।
