काठमाडौं- सीजी ब्रान्डले गर्मीलाई लक्ष्य गरी आफ्नो डेजर्ट कुलर श्रेणीमा अहिलेसम्मकै अत्याधुनिक र शक्तिशाली रेन्ज 'फ्रस्टलाइन' बजारमा ल्याएको छ। कम्पनीको नयाँ वार्षिक अभियान 'एक्स्पिरियन्स लाइफ विथ सीजी' अन्तर्गत सार्वजनिक यो नयाँ सिरिजले नेपाली उपभोक्तालाई गर्मीको कष्टबाट राहत दिनेछ।
सीजीले यस वर्ष ग्राहकहरूको अत्यधिक माग र आधुनिक घरहरूको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो डेजर्ट कुलर पोर्टफोलियोमा नितान्त नयाँ फ्रस्टलाइन रेन्ज थप गरेको छ।
यसमा विशाल ट्यांकी छ। ११० लिटर र ९५ लिटरमा यो उपलब्ध छ। यो बजारमा उपलब्ध कुलरमध्ये सबैभन्दा ठूलो क्षमता भएको कम्पनीको दाबी छ। यसले पटक-पटक पानी भर्ने झन्झटबाट मुक्ति दिनेछ।
यस्तै मिड-रेन्ज मास्टर फ्रस्टलाइन ७५ लिटर र ५५ लिटरमा उपलब्ध छ। यसले सानो र मध्यम कोठामा शक्तिशाली कुलिङ प्रदान गर्नाका साथै कम बिजुली खपत गर्दछ।
नेपाली बजारमा सीजीका कुलर आफ्नो कार्यक्षमता र टिकाउपनका कारण विगतदेखि नै लोकप्रिय छन्। सीजीले ग्राहकको फरक-फरक आवश्यकतालाई ध्यानमा राख्दै डेजर्ट कुलर, कमर्सियल कुलर, पर्सनल कुलर, टावर कुलर र विन्डो कुलर गरी ५ विधामा कुल २८ वटा मोडल बजारमा उपलब्ध गराएको छ।
यी कुलर २२ लिटरदेखि १२५ लिटरसम्मको विशाल क्षमतामा उपलब्ध छन्। नेपाली बजारले पहिलेदेखि नै यी २८ वटै मोडललाई रुचाएको र विश्वास गरेको छ। यस वर्ष डेजर्ट कुलरमा थपिएको नयाँ फ्रस्टलाइन रेन्जले सीजीको कुलर पोर्टफोलियोलाई अझै मजबुत बनाउने विश्वास गरिएको छ।
यी कुलरमा डबल बल बेरिङ मोटर छन्। यो शक्तिशाली र टिकाउ मोटर हो जसले लामो समयसम्म बिनाकुनै अवरोध शान्त र प्रभावकारी कुलिङ प्रदान गर्दछ। आइस च्याम्बरमा थप चिसो हावाका लागि बरफ राख्ने सुविधा छ। उच्च घनत्व भएको प्याडले लामो समयसम्म चिसोपन कायम राख्छ। कोठाको प्रत्येक कुनासम्म चिसो हावा पुर्याउने उच्च गतिको फ्यान छ।
