बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुनचाँदीको मूल्य घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ९ २०८३
सुनचाँदीको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको छ।

काठमाडौं- नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको छ। हिजो मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ हजार १ सय ३० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार चाँदी प्रतितोला ५ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो।


प्रकाशित : बुधबार, वैशाख ९ २०८३१०:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend