बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ८ २०८३
सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो भने चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको हो।

काठमाडौं- नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो भने चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छपावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ हजार १ सय ६० रुपैयाँ कायम भएको छ। हिजो सोमबार चाँदी प्रतितोला ५ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो। 

नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो।


प्रकाशित : मंगलबार, वैशाख ८ २०८३१०:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend