बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख ७ २०८३
एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो

नयाँ वर्ष २०८३ को  उपलक्ष्यमा कम्पनीले विशेष 'अनलिमिटेड कम्बो प्याक' ल्याएको हो। जसअन्तर्गत ग्राहकले पहिलेको तुलनामा ६५ प्रतिशत कम मूल्यमा गुणस्तरीय सेवा उपभोग गर्न पाउनेछन्।

काठमाडाैं-  एनसेलले आफ्ना प्रिपेड ग्राहकहरूलाई लक्षित गर्दै दूरसञ्चार सेवाको शुल्कमा कटौती गरेको छ। 

नयाँ वर्ष २०८३ को उपलक्ष्यमा कम्पनीले विशेष 'अनलिमिटेड कम्बो प्याक' ल्याएको हो। जसअन्तर्गत ग्राहकले पहिलेको तुलनामा ६५ प्रतिशत कम मूल्यमा गुणस्तरीय सेवा उपभोग गर्न पाउनेछन्।

यसअघि १ हजार ९ सय ९९ रुपैयाँ पर्ने उही प्रकृतिको सेवालाई परिमार्जन गर्दै एनसेलले अब मात्र ६ सय ९९ रुपैयाँ (कर सहित) मा उपलब्ध गराएको छ। २८ दिनको समयसीमा रहेको यस प्याकमा ग्राहकले कुनै पनि नेटवर्कमा असीमित कुराकानी गर्न पाउनेछन्। 

साथै, यसमा अनलिमिटेड डेटा र दैनिक १०० वटा एसएमएसको सुविधा समेत समावेश गरिएको छ। डिजिटल मनोरञ्जनलाई प्राथमिकता दिँदै कम्पनीले यो प्याक सुचारु गर्ने ग्राहकलाई 'लायन्स गेट प्ले' मा नि:शुल्क पहुँचको व्यवस्था समेत गरेको छ। जहाँ हलिउडका चर्चित फिल्म, टिभी सो हेर्न सकिनेछ।

बढ्दो डिजिटल माग र अनलाइन गतिविधिहरू जस्तै वर्क फ्रम होम, अनलाइन शिक्षा, गेमिङ र वित्तीय कारोबारलाई सहज बनाउन यो योजना ल्याइएको एनसेलले जनाएको छ। एनसेलका चीफ कन्सुमर बिजनेस अफिसर उपाङ् दत्ताका अनुसार यो प्याकले ग्राहकलाई 'बेस्ट भ्यालु' प्रदान गर्दै उनीहरूको जीवनलाई नन् स्टप र डिजिटल बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। यो योजनाले सरकारको डिजिटल नेपालको लक्ष्यलाई समेत टेवा पुर्‍याउने विश्वास लिइएको छ।

ग्राहकले आफ्नो मोबाइलबाट एस्ट्रिक्स१२३ह्यास डायल गरेर वा एनसेल एप, नजिकैको एनसेल सेन्टर तथा आधिकारिक पसलहरूबाट यो सुविधा सजिलै सुचारु गर्न सक्नेछन्। लायन्स गेट प्लेको सुविधा लिनका लागि भने गुगल प्ले स्टोर वा एप्पल एप स्टोरबाट सम्बन्धित एप डाउनलोड गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ।


प्रकाशित : सोमबार, वैशाख ७ २०८३१३:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend