काठमाडौं- नेपाली बजारमा आज सुनचाँदी मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ३ हजार र चाँदीको मूल्य १ सय २० रुपैयाँले घटेको हो।
बिहीबार प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा झरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार १ सय ३० रुपैयाँ रहेको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ८ सय २० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य ७ हजार ५ सय ५ रुपैयाँ थियो।
