बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सीजी ब्रान्डद्वारा २०८३ का लागि वार्षिक अभियान घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख ३ २०८३
सीजी ब्रान्डद्वारा २०८३ का लागि वार्षिक अभियान घोषणा

काठमाडौं- घरेलु उपकरण ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ का लागि वार्षिक ब्रान्ड अभियान 'एक्सपिरियन्स लाइफ विथ सीजी' घोषणा गरेको छ। 'भरोसा नेपालीको, उत्सव नयाँ वर्षको' नाराका साथ उपहार योजना सुरु भएको हो।

गत वर्ष सञ्चालित 'लेभल अप' अभियानमार्फत सीजीले नेपाली बजारमा प्रविधि र गुणस्तरको नयाँ मापदण्ड स्थापना गरेको थियो।अभियानअन्तर्गत कम्पनीले नेपाली ब्रान्डमै पहिलोपटक एआई टीभी, एआई फ्रायर, क्यरोक टीभी, र विशाल १००-इन्च टीभी जस्ता अत्याधुनिक उत्पादन भित्र्याएको थियो। 

विश्व बजारमा प्रचलित उत्कृष्ट गुणस्तरका घरायसी उपकरणहरू, पारिवारिक मनोरञ्जनका साधनहरू तथा स्मार्ट घरेलु उपकरणहरू नेपाली ब्रान्डमार्फत नै नेपालमा उपलब्ध गराएको थियो। सोही सफलता र आम उपभोक्ताको उत्साहजनक प्रतिक्रियालाई मध्यनजर गर्दै यस वर्ष 'एक्सपिरियन्स लाइफ विथ सीजी' अभियानमार्फत ग्राहकको जीवनशैलीलाई अझ आधुनिक, स्मार्ट र सहज बनाउने लक्ष्य लिइएको छ।

यो अभियान वर्ष २०८३ भरि नै विभिन्न उत्सवमा जारी रहने छ। गत वर्षको प्रोत्साहनलाई यस वर्ष प्रत्यक्ष अनुभवमा बदल्दै सीजीले आफ्ना उच्च गुणस्तरका घरायसी उपकरण, मनोरञ्जनका साधन तथा स्मार्ट घरेलु उपकरणमार्फत नेपाली घरलाई थप सुविधायुक्त बनाउने छ। विशेषगरी मेरिडियासेगमेन्टका उत्पादनहरूले ग्राहकलाई विश्वस्तरीय अनुभव प्रदान गर्ने छन्।

'भरोसा नेपालीको, उत्सव नयाँ वर्षको' अन्तर्गत प्रत्येक खरिदमा आकर्षक निश्चित उपहार र विशेष क्यासब्याक प्रदान गरिएको छ।

सीजीका स्मार्ट घरेलु उपकरण खरिद गरी क्यूआर कोड स्क्यान गरेर आफ्नो विवरण दर्ता गर्नुपर्ने छ। यसरी दर्ता भएका ग्राहक स्वतः लक्की ड्रमा सामेल हुनेछन्। भाग्यशाली विजेताका लागि बम्पर उपहारको व्यवस्था गरिएको छ।
 
प्रिमियम प्रविधिलाई सबै नेपालीको पहुँचमा पुर्‍याउन कम्पनीले नागरिकता मात्र भए पुग्ने 'सजिलो शून्य प्रतिशत ईएमआई'को विशेष वित्तीय सुविधालाई वर्षभरि नै निरन्तरता दिने छ।


प्रकाशित : बिहीबार , वैशाख ३ २०८३१६:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend