बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

बिहीबार , वैशाख ३ २०८३
सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ।

काठमाडौं- नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो बुधबार सुन प्रतितोला ३ लाख ३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ हजार २ सय ५० रुपैयाँ कायम भएको छ। हिजो बुधबार चाँदी प्रतितोला ५ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो।

नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य ७ हजार ५ सय ५ रुपैयाँ थियो।


प्रकाशित : बिहीबार , वैशाख ३ २०८३१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend