काठमाडौं- नेपाली बजारमा आज बुधबार सुनचाँदीकोे मूल्य वृद्धि भएको छ। सुन प्रतितोला ६ हजार र चाँदी ३ सय २० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला ३ लाख ३ हजार ७ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार २ सय २० रुपैयाँ कायम भएको छ।
गत सोमबार एक तोला सुन २ लाख ९६ हजार ७ सय र चाँदी ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। गत आइतबार २ लाख ९७ हजार १ सय र चाँदीको मूल्य ४ हजार ९ सय ७५ रुपैयाँ कायम भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ८ सय २८ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य ७ हजार ५ सय ५ रुपैयाँ थियो।
