काठमाडौं- नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकका लागि अफर ल्याएको छ। अफरअन्तर्गत न्यु इयर लाइट र न्यु इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुने छन्।
न्यु इयर लाइटअन्तर्गत ४ सय ९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुने छ र ५ जीबीको लिमिट पूरा भएपछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ।
त्यसैगरी न्यु इयर प्रिमियमअन्तर्गत ६ सय ९९ रुपैयाँमा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुने छ र १० जीबीको लिमिट पूरा भएपछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ।
दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुने छ। यही बैशाख २ गतेसम्म अफरअन्तर्गतको प्याकेज खरिद गर्न सकिने छ। पोस्टपेड मोबाइल प्रयोगकर्ताहले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने टेलिकमले जनाएको छ।
अफर प्राप्त गर्नका लागि मोबाइलबाट स्टार१४१५स्टार११ह्यास डायल गर्न सकिने छ। त्यसैगरी नेपाल टेलिकम एपबाट समेत प्याकेज खरिद गर्न सकिन्छ।
