काठमाडौं- नयाँ वर्ष २०८३ देखि एनसेलका ग्राहकले देशभरका सबै हिमालयन जाभा कफी आउटलेटमा प्रिमियम कफी, पेय पदार्थ र खानेकुरामा विशेष छुट पाउन सक्ने भएका छन्। एनसेल र हिमालयन जाभा कफीबीच यस्तो समझदारी भएको हो।
४ सय ९९ रुपैयाँ वा सोभन्दा माथिका योग्य प्याक प्रयोग गर्ने सबै ग्राहकले एक कफ कफी खरिद गर्दा अर्को एक कप निःशुल्क प्राप्त गर्ने छन्। त्यतिमात्रै होइन तेस्रो कप कफी खरिदमा ३० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ।
त्यसैगरी २५ वर्ष वा सोभन्दा कम उमेरका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकले ९९ रुपैयाँ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्दा सबै किसिमका खानेकुरा तथा पेयपदार्थमा २० प्रतिशत छुट पाउने छन्। यसबाहेक ९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक चलाउँदै गरेका वा रेन्टल प्लानमा सक्रिय रहेका सबै एनसेल प्रयोगकर्ताले हिमालयन जाभाका खानेकुरा तथा पेय पदार्थमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन्।
एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले हिमालयन जाभा कफीसँगको यो साझेदारीमार्फत ग्राहकलाई व्यस्त दैनिकीबाट केही समय निकाल्न, एकअर्कासँग जोडिन र जीवनका साना-साना खुसी साट्न मद्दत मिल्ने अपेक्षा रहेको बताए।
एनसेलको सक्रिय योग्य प्याक वा रेन्टल प्लान भएका ग्राहकले यो अफर सहजै उपयोग गर्न सक्ने छन्। छुट प्राप्त गर्नका लागि ग्राहकले एनसेल एपमा गएर ‘पार्टनर्ड सर्भिसेस’ भित्र रहेको ‘हिमालयन जाभा कफी’ छानेर छुट अफरका लागि आफ्नो व्यक्तिगत योग्यता हेर्न सक्छन्। एउटा बिलमा एउटा मात्र छुट लागू हुन्छ र ग्राहकको योग्यताका आधारमा उपलब्ध सबैभन्दा धेरै छुट स्वतः लागू हुन्छ।
हिमालयन जाभाको प्रिमियम कफीप्रतिको लगाव र एनसेलको अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने प्रतिबद्धतालाई यो सहकार्यले बढवा दिएको हिमालयन जाभा कफीका संस्थापक आनन्द गुरुङले बताए।
यो योजनाको लाभ लिन ग्राहकले अर्डर दिने बेला एनसेल एपको ‘लाइभ’ स्क्रिन हिमालयन जाभाका कर्मचारीलाई देखाउन पर्छ, स्क्रिनसट मान्य हुँदैन। प्याक सक्रिय रहेको अवधिभर यो अफरको फाइदा पटक-पटक लिन सकिन्छ।
