बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कामना सेवा विकास बैंकद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ६०० जनाभन्दा धेरैले लिए सेवा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २९ २०८२
कामना सेवा विकास बैंकद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ६०० जनाभन्दा धेरैले लिए सेवा

काठमाडौंं- कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देहीको सियारी-६, बर्दहवास्थित दुर्गादेवी माध्यमिक विद्यालयको परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

उक्त स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नसारोग, स्त्री तथा प्रसूतिरोग, नाक, कान तथा घाँटीरोग, आन्तरिक रोग र दाँत तथा मुखरोग परीक्षण गरिएको थियो। लुम्बिनी हस्पिटल, लुम्बिनी नेत्रालय तथा हरेकृष्ण डेन्टल बुटवलको प्राविधिक सहयोगमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा ६०० जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गरेका थिए।

कार्यक्रमको मुख्य उद्घेश्य समुदायमा रहेका व्यक्तिहरुलाई प्रारम्भिक चरणमै स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुर्‍याउन, स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्घि गर्नु तथा रोकथाम गर्न रहेको थियो।

सहभागीलाई स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझावहरु लुम्बिनी हस्पिटल, लुम्बिनी नेत्रालय तथा हरे कृष्ण डेन्टल, बुटवलका डा. सम्राट पराजुली र डा. आलोक थैव, डा. जीवन आत्रेय र डा. अनिता पुन, डा. कृष्णबहादुर श्रेष्ठ र डा. विश्व तुलाचन, डा. प्रकाश भट्टराई र डा. स्मिता दर्लामीले प्रदान गरेका थिए। 

कार्यक्रममा बोल्दै बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले यस्ता स्वास्थ्य शिविरले समुदायको स्वास्थ्य स्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी बुटवल क्षेत्रीय प्रमुख हेमन्तबाबु आचार्यले स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै स्थानीय समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै जाने धारणा व्यक्त गरे।

कार्यक्रमप्रति स्थानीय समुदायले सकरात्मक प्रतिक्रिया जनाउँदै बैंक तथा स्वास्थ्यकर्मीलाई धन्यवाद ज्ञापन गरे।


प्रकाशित : आइतबार, चैत २९ २०८२१७:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend