काठमाडौं- विश्वप्रख्यात अमेरिकी घरायासी उपकरण ब्रान्ड ब्ल्याक प्लस डेकरले आफ्नो ११६ वर्ष लामो आविष्कार र उत्कृष्टताको विरासतलाई निरन्तरता दिँदै नेपाली उपभोक्ताका लागि नयाँ वर्ष २०८३ विशेष उपहार योजना घोषणा गरेको छ।
नेपालका लागि आधिकारिक विक्रेता सीजी इलेक्ट्रोनिक्सले 'आउन द फ्युचर, आउन द ब्ल्याक प्लस डेकर' नामक अभियानमार्फत ग्राहकको नयाँ वर्षलाई थप उत्साहजनक बनाउने लक्ष्य राखेको छ।
सन् १९१० देखि नवप्रवर्तन र दक्षतामा आधारित उपकरण निर्माण गर्दै आएको यस ब्रान्डले आफ्ना प्रिमियम उत्पादनहरूको खरिदमा आकर्षक उपहार र वैदेशिक भ्रमणको अवसर प्रदान गरेको हो।
योजनाअन्तर्गत ब्ल्याक प्लस डेकरका घरायासी उपकरणहरूको खरिदमा इलेक्ट्रिक केटल, किचन एप्रोन, एरोमा किट वा डिस्पोजेबल एयर फ्रायर लाइनर्स जस्ता सामग्री उपहार पाउनेछन्।
अभियानको अन्त्यमा भाग्यशाली विजेताहरूले भियतनाम भ्रमण मेघौली सराहीमा लक्जरी स्टे जित्ने अवसर प्राप्त गर्नेछन्।
योजनामा सहभागी हुन ग्राहकहरूले ब्ल्याक प्लस डेकरका कुनै पनि उपकरण खरिद गरी सामानमा उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्नेछ। आफ्नो विवरण डिजिटल रूपमा दर्ता गरेपछि ग्राहकहरू स्वतः बम्पर लक्की ड्रको प्रक्रियामा सामेल हुनेछन्।
योजना चैत २२ गतेदेखि देशभरका सीजी डिजिटलशोरुम, एलजी शपी तथा आधिकारिक विक्रेतामार्फत सीमित अवधिका लागि लागू गरिएको छ। ग्राहकहरूको सहजताका लागि कम्पनीले नागरिकता मात्र भए पुग्ने ‘सजिलो ईएमआई’ सुविधासमेत उपलब्ध गराएको छ।
'मेक लाइफ इजियर' भन्ने नाराका साथ ब्ल्याक प्लस डेकरले प्रयोगकर्तामैत्री डिजाइन, ऊर्जा दक्षता र दीर्घकालीन टिकाउपनामा विशेष जोड दिँदै आएको छ। नेपालमा उपलब्ध सबै उत्पादनमा २४ महिनाको वारेन्टी प्रदान गरिएको छ।
साथै सीजी इलेक्ट्रोनिक्सले आफ्नो देशभर रहेका ४० वटा सेवा केन्द्र र मजबुत सर्भिस नेटवर्कमार्फत उत्कृष्ट बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ।
