बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जेडी पावर गुणस्तरमा दिपल एस ०५ पहिलो स्थानमा

आइतबार, चैत २९ २०८२
जेडी पावर गुणस्तरमा दिपल एस ०५ पहिलो स्थानमा

पालमा यो एसयूभी ९९ किलोवाट मोटर, ५६.१ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीमा उपलब्ध छ जसले ४०५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिन्छ।

काठमाडौं- दिपल एस०५ ले जेडी पावर २०२६ चाइना गुणस्तर जाँचको प्योर इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा पहिलो स्थान हासिल गरेको छ। एस०५ ले जेडी पावर एनईभी इनिसियल क्वालिटी स्टडीमा पहिलो स्थान हालि गरेको हो। 

चीनको तीव्र गतिमा विस्तार भइरहेको बजारमा उपलब्ध ईभीको गुणस्तरीयता जाँच गर्ने मामिलामा जेडी पावर सबैभन्दा आधिकारिक मापदण्ड मानिन्छ।

करिब एक वर्षअघि सार्वजनिक भएर ७० भन्दा बढी मुलुकमा करिब दुई लाख वटाभन्दा बढी बिक्री भइसकेको दिपल एस०५ चीनबाट निर्यात हुनेमध्ये सबैभन्दा सफल ईभी हो। 

नेपाली बजारमा लोभलाग्दो सफलता हासिल गरिरहेको एस०५ ले प्राप्त गरेको यो उपलब्धीले दिपलप्रतिको विश्वसनीयतालाई अझै उचाइमा पुर्याउनेछ। 

४.६२ मिटर लामो र २.८८ मिटर ह्विल भएको एस०५ विद्युतीय एसयूभी र रेन्ज एक्सटेन्डेड इलेक्ट्रिक (आरईईभी) मा उपलब्ध छ। नेपालमा यो एसयूभी ९९ किलोवाट मोटर, ५६.१ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीमा उपलब्ध छ जसले ४०५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिन्छ।

जेडी पावरको एनईभी आईक्युएस चिनियाँ अटोमोटिभ उद्योगको सबैभन्दा विश्वसनीय गुणस्तर जाँचमध्ये पर्छ। २०२६ को जेडी पावर जाँच चीनका ८१ सहरमा ४९ ब्रान्डका एक सय ३७ मोडेलमाथि २१ हजार एक सय ७७ जना गाडी धनीहरुसँग प्रतिक्रिया लिएर बनाइएको हो। यो जाँचमा दुईदेखि ६ महिनाको स्वामित्व भएका ग्राहकहरुको प्रतिक्रिया लिइएको थियो। 

सफ्टवेयर र एडास जटिलता लगायतका कारणले चिनियाँ बजारले गुणस्तरसम्बन्धी बढ्दो चुनौतीको सामना गर्दै आएको बेला दिपल एस०५ ले बलियो इन्जिनियरिङ र उत्पादन गुणस्तरमा नं १ स्थान हासिल गरेको हो। 

यो उपलब्धीले स्टाइलिस, टेक्नोलोजी ड्रिभन र विश्वसनीय ईभी खरिद गर्न चाहने नेपाली ग्राहकका लागि दिपल एस०५ निर्विकल्प उत्पादनका रुपमा स्थापित गरेको छ। नेपालमा दिपलले आफ्नो उपस्थितिलाई बलियो बनाउँदै गएको अवस्थामा हासिल भएको उपलब्धीले ब्रान्डको बढ्दो प्रतिष्ठा र आधुनिक ईभी खरिदकर्ताहरुमाझ एस०५ को सफलतालाई मलजल गर्ने अपेक्षा गरिएको छ।


प्रकाशित : आइतबार, चैत २९ २०८२१६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend