बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुनचाँदीको मूल्य सामान्य बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २९ २०८२
सुनचाँदीको मूल्य सामान्य बढ्यो

आज सुन तोलाको २०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो।

काठमाडौं- नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ। 

आज सुन तोलाको २०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुन तोलाको २ लाख ९७ हजार १०० रुपैयाँ पुगेको छ। अघिल्लो शुक्रबार सुनको मूल्य २ लाख ९६ हजार ९०० रुपैयाँ रहेको थियो। 

आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर ४ हजार ९७५ रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदीको मूल्य ४ हजार ९६० रुपैयाँ रहेको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १ सय ५० र त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, चैत २९ २०८२११:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend