काठमाडौं- एनआईसी एसिया बैंकले कैलालीको बर्दगोरिया गाउँपालिका-२ स्थित असहायका लागि सहयोगी हातहरू नेपाल (सहारा घर) लाई आवश्यक सामग्री सहयोग गरेको छ।
सहारा घरमा आश्रितहरूको बसाइ सहज र स्वस्थ बनाउने उद्देश्यले डाइनिङ टेबल, बेन्च, वाटर डिस्पेन्सर प्रदान गरिएको बैंकले जनाएको छ।
बालबालिका, महिला, शारीरिक रूपमा विशेष क्षमता भएका तथा पाका उमेरका व्यक्तिसहित ९७ जनालाई आश्रय दिइरहेको उक्त संस्थाका लागि बैंकको धनगढीका सर्कल हेड दीपक विष्टले संस्थाका अध्यक्ष बलबहादुर विष्टलाई सामान हस्तान्तरण गरेका हुन्।
सहारा घरमा असहाय, परनिर्भर, बालबालिका तथा सहयोगको आवश्यकता भएका व्यक्तिलाई खानेबस्ने सुविधासहित आश्रय दिइँदै आएको छ।
