बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कामना सेवा विकास बैंकद्वारा मर्चेन्ट बैंकिङ सेवाका लागि सहायक कम्पनी स्थापना

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २७ २०८२
कामना सेवा विकास बैंकद्वारा मर्चेन्ट बैंकिङ सेवाका लागि सहायक कम्पनी स्थापना

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले मर्चेन्ट बैंकिङसम्बन्धी कार्य गर्नका लागि आकाश क्यापिटल लिमिटेडको संस्थापक सेयर खरिद गरी उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीको रूपमा सञ्चालन गर्ने भएको छ। उक्त कम्पनीलाई सहायक कम्पनीको रूपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकवाट स्वीकृति प्राप्त भइसकेको बैंकले जनाएको छ।

यसअघि बैंक र आकाश क्यापिटल लिमिटेडबीच संस्थापक सेयर खरिदबिक्री गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो। नेपाल राष्ट्र बैंकवाट उक्त लगानीका लागि स्वीकृति प्राप्त भएसँगै प्रचलित धितोपत्रसम्बन्धी कानून तथा नियामकिय व्यवस्थाअनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक अनुमति तथा दर्ता प्रक्रिया पूरा गरी मर्चेन्ट बैंकिङ सेवाहरू सञ्चालनमा ल्याइने बैंकले जनाएको छ।

हाल आकाश क्यापिटलको नाममा रहेको उक्त कम्पनी कामना सेवा विकास बैंकको सहायक कम्पनी भएसँगै कामना सेवा क्यापिटल लिमिटेडको रूपमा सञ्चालन हुने बैंकले जनाएको छ। यसबाट बैंकको सेवा दायरा विस्तार हुनुका साथै नेपालको पुँजी बजारको विकासमा सकारात्मक योगदान पुग्ने बैंकले विश्वास लिएको छ।


प्रकाशित : शुक्रबार, चैत २७ २०८२१७:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend