शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

लगानी बोर्ड र यूएनडीपीबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत ८ २०७८
लगानी बोर्ड र यूएनडीपीबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न

काठमाडौं- साझा हितका क्षेत्रमा सहकार्य गर्ने उद्धेश्य सहित लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)बीच मगलबार समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र यूएनडीपीका तर्फबाट आइसानी मेदागान्गोदा लाबेले हस्ताक्षर गरेका छन्।

समझदारीपत्रमा संस्थागत क्षमता अभिवृद्धि गर्ने, सार्वजनिक निजी साझेदारी र निजी लगानी प्रवर्द्धनमा सहकार्य गर्ने उल्लेख गरिएको छ। नेपालमा सार्वजनिक-निजी साझेदारी, निजी क्षेत्रको लगानी र समिश्रित वित्तका माध्यमबाट लगानी प्रवर्द्धन गर्दै वित्तीय न्यूनतालाई पूर्ति गरी दिगो विकास लक्ष्य हासिल गर्न  यो सहकार्यले सहयोग पुर्‍याउने अपेक्षा गरिएको  छ। 

परियोजना विकासमा सामाजिक र वातावरणीय प्रभाव मूल्यांकन मापदण्ड, परियोजना विकास सम्झौता र परियोजना लगानी सम्झौतानिर्माणमा अध्ययन अनुसन्धान गर्ने र त्यस्तो कार्यको लागि सहयोग स्थापित गर्ने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ। लगानी बोर्डको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन विकास गर्न सहकार्य गर्ने लगायतका अन्य सहकार्य गर्न सकिने क्षेत्रमा संयुक्त रुपमा अघि बढ्ने समेत समझदारीपत्रमा उल्लेख छ। 

लगानी बोर्डको कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले यस समझदारीले नेपालमा लगानी प्रवर्द्धनमा आशाहरुको सिर्जना बताए। त्यसका लागि बोर्डको आन्तरिक क्षमता बृद्धि गर्ने, लगानीकर्ताका जोखिमहरु न्यूनीकरण गर्ने, अनुमानयोग्यता प्रवर्द्धन गर्ने कार्यमा सहयोग आदान प्रदान हुने पक्षमा जोड दिएका छन्।

उनले लगानी बोर्डलाई उत्कृष्टताको केन्द्रका रुपमा अघि बढाउन आन्तरिक रुपमा कार्य गरिरहेको बताउँदै निर्माण गर्ने, कार्यविधि तय गर्ने कार्यले संगठनात्मक रुपमा परिवर्तन व्यवस्थापन गर्दै अघि बढ्न अत्यन्त सहज हुने विश्वास व्यक्त गरेका छन्।


प्रकाशित : मंगलबार, चैत ८ २०७८११:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend