बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

जेनजी आन्दोलनमा क्षतिग्रस्त भरतपुर भाटभटेनीको पुनर्निर्माण सकियो, शुक्रबारदेखि सञ्चालन हुने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २६ २०८२
जेनजी आन्दोलनमा क्षतिग्रस्त भरतपुर भाटभटेनीको पुनर्निर्माण सकियो, शुक्रबारदेखि सञ्चालन हुने

क्षति भएको सात महिनामा पुनर्निर्माण सकेर सञ्चालनमा आउन लागेको हो। पुनर्निर्माण सम्पन्न भएसँगै भाटभटेनीमा गएको मंगलबार पूजाआजा समेत गरिएको थियो।

काठमाडौं- चितवन भरतपुरस्थित भाटभटेनी सुपरस्टोर शुक्रबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा पूर्णरुपमा क्षति भएको सुपरमार्केट पुनः सञ्चालन आउन तयार भएको हो। 

भाटभटेनी सुपरस्टोरले दैनिकरूपमा शुक्रबार बिहान १० बजेदेखि नियमित सेवा प्रदान गर्ने जनाएको छ। आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत रहेको भाटभटेनीले जनाएको छ। 

क्षति भएको सात महिनामा पुनर्निर्माण सकेर सञ्चालनमा आउन लागेको हो। पुनर्निर्माण सम्पन्न भएसँगै भाटभटेनीमा गएको मंगलबार पूजाआजा समेत गरिएको थियो। 

प्रकाशित : बिहीबार , चैत २६ २०८२१३:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend