बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक हाजिरी जमानीमा थुनामुक्त

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २६ २०८२
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक हाजिरी जमानीमा थुनामुक्त

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनामा जिम्मेवार भन्दै न्यायिक जाँचबुझ आयोगले गरेको सिफारिसका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेर हिरासतमा लिएको थियो।

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले ओली र लेखकलाई हाजिरी जमानीमा थुनामुक्त गरिएको बताए।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनामा जिम्मेवार भन्दै न्यायिक जाँचबुझ आयोगले गरेको सिफारिसका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेर हिरासतमा लिएको थियो। 

उनीहरूका तर्फबाट सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमा तत्काल अनुसन्धान सकेर थुनामुक्त गर्न आदेश भएसँगै उनीहरू थुनामुक्त भएका हुन्।

प्रकाशित : बिहीबार , चैत २६ २०८२११:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend