काठमाडौं- नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ सय ५० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो बुधबार सुन प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो बुधबार चाँदी प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भएको थियो।
