बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रभु बैंक र फिस टेल लज पोखराबीच सेवा शुल्क छुटसम्बन्धी सम्झौता

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २५ २०८२
प्रभु बैंक र फिस टेल लज पोखराबीच सेवा शुल्क छुटसम्बन्धी सम्झौता

काठमाडौं- प्रभु बैंक लिमिटेड र पोखराको लेकसाइडस्थित 'फिस टेल लज पोखरा तथा अन्नपूर्ण जगतपुर लज प्रालि' बीच छुटसम्बन्धी समझदारी भएको छ। 

बुधबार प्रभु बैंकका चिफ मार्केटिङ अफिसर दीपेन्द्रबाबु विष्ट, लजका बिक्री तथा मार्केटिङ क्लस्टर निर्देशक सनिस महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

 सम्झौतासँगै अब प्रभु बैंकका ग्राहक तथा कर्मचारीले अब लजको सेवा शुल्कमा छुट पाउने छन्।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले लजका सेवा तथा सुविधा प्राप्त गर्नका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्ने छ।

लजमा उपलब्ध आवासमा संस्थागत छुट साथै खाना तथा पेयपदार्थमा १० देखि १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन्।


प्रकाशित : बुधबार, चैत २५ २०८२१८:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend