काठमाडौं- सरकारले बुधबारदेखि यात्रुवाहक सवारीसाधनको भाडा करिब १७ प्रतिशतले बढाएको छ। यातायात व्यवस्था विभागले यो भाडा वृद्धिको व्यवस्था विद्युतीय सवारीसाधनमा लागु नहुने जनाएको छ।
विभागका अनुसार भाडावृद्धिको निर्णय इन्धनको मूल्यमा आएको परिवर्तनको आधारमा गरिएको हो। कुल १३ वटा सूचक विश्लेषण गरी इन्धन मूल्य बढ्दा वा घट्दा भाडा समायोजन गर्ने प्रावधानअनुसार यो निर्णय लागु गरिएको हो।
विद्युतीय सवारीसाधनहरूमा इन्धन लागत नलाग्ने भएकाले तिनीहरूमा भाडा वृद्धि लागु नहुने भएको हो। यातायात विभागले विद्युतीय सवारीसाधन प्रयोग गर्ने यात्रुहरूलाई नयाँ भाडा वृद्धिको असर नपर्ने जनाएको छ।