बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

सार्वजनिक सवारीको भाडा बढेसँगै कुन गन्तव्यमा कति पर्छ?

बुधबार, चैत २५ २०८२
सार्वजनिक सवारीको भाडा बढेसँगै कुन गन्तव्यमा कति पर्छ?

विभिन्न १३ वटा सूचकलाई आधारको रुपमा लिएर २०७२ सालदेखि वैज्ञानिक भाडादर लागु भएदेखि नै सार्वजनिक यातायातको स्वचालित रुपमा भाडादर समायोजन हुँदै आएको विभागले जनाएको छ।

काठमाडौं- सार्वजनिक सवारीको भाडा बढेसँगै यातायात व्यवस्था विभागले गन्तव्यअनुसार बढेको भाडादर सार्वजनिक गरेको छ। 

यात्रुवाहकतर्फ १५.७१ प्रतिशत र मालवाहकतर्फ १६.६८ प्रतिशतले भाडा बढेको हो। तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा १५.७३ प्रतिशत बढेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको हकमा भने २१.८६ प्रतिशतले समायोजन गरिएको हो।

विभिन्न १३ वटा सूचकलाई आधारको रुपमा लिएर २०७२ सालदेखि वैज्ञानिक भाडादर लागु भएदेखि नै सार्वजनिक यातायातको स्वचालित रुपमा भाडादर समायोजन हुँदै आएको विभागले जनाएको छ। 

प्रमूख सुचकको रुपमा रहेको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालितरूपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था रहेको जनाइएको छ। 

सरकारले सार्वजनिक यातायातमा भाडा बढाए पनि विद्युतीय सवारीमा लागु नहुने सरकारले सार्वजनिक यातायातमा भाडा बढाए पनि विद्युतीय सवारीमा लागु नहुने

पछिल्लो पटक डिजेलको औषत बजार मूल्य १५०.८३ रुपैयाँ प्रतिलिटर हुँदा २०८१ पुस २२ मा भाडा समायोजन गरिएको विभागले जनाएको छ। त्यसयता विभिन्न सूचकहरुको बजार मूल्यमा आएको परिवर्तन र इन्धनको मूल्यमा भएको वृद्धिसमेतलाई विचार गरेर आजदेखि लागु हुनेगरी दुई वा स भन्दा बढी प्रदेश भइ (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायात (विद्युतीय सवारी वाहेक) को भाडादर स्वचालित प्रणालीबमोजिम बढाएको विभागको भनाइ छ। 

कुन गन्तव्यमा कति छ भाडा? 


प्रकाशित : बुधबार, चैत २५ २०८२१७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend