काठमाडौं- नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ लाई लक्ष्य गर्दै आफ्ना साना घरायसी उपकरण श्रेणीअन्तर्गत 'एक्सपिरियन्स लाइफ विथ सीजी : भरोसा नेपालीको, उत्सव नयाँ वर्षको' नामक अभियान सार्वजनिक गरेको छ।
दैनिक जीवनलाई सहज, स्मार्ट र आरामदायी बनाउने उद्देश्यका साथ सीजीले आफ्ना आधुनिक साना घरेलु उपकरणलाई आकर्षक अफर र उपहारमार्फत उपभोक्तामाझ प्रस्तुत गरेको हो।
योजनाअन्तर्गत ग्राहकलाई सीजीका विभिन्न साना घरायसी उपकर खरिद गर्दा प्रत्येक १५ दिनमा 'सेट अफ ५ प्रोडक्ट्स' क्यूआर कोड स्क्यान गरी जित्ने अवसर उपलब्ध गराइएको छ।
अभियानको मुख्य आकर्षण बम्पर उपहार हो जसमा भाग्यशाली विजेताले विश्वप्रसिद्ध मेघौली सराहीमा लक्जरी स्टे तथा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने अवसर प्राप्त गर्ने छन्। ग्राहकले सामान खरिद गरेपछि उपलब्ध क्यूआर कोड स्क्यान गरी योजनामा सहभागिता जनाउन सक्ने छन्।
योजनामा सहभागी हुन इच्छुक ग्राहकले देशभर रहेका २१ वटा आधुनिक सीजी डिजिटल शोरुम, कम्पनीको आधिकारिक वेबसाइट तथा सीजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रबाट सीजीका साना घरायसी उपकरण खरिद गर्न सक्ने छन्।
योजना चैत २२ गतेदेखि सीमित अवधिका लागि देशभर लागू भइसकेको छ। योजना र उत्पादनबारे थप जानकारीका लागि सीजी केयरका टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सकिने छ।
