काठमाडौं- एनसेलले कल र इन्टरनेट सेवाको शुल्क घटाउँदै आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक अनलिमिटेड कम्बो प्याक सञ्चालनमा ल्याएको छ।
नयाँ वर्ष २०८३ को अवसर पारेर सञ्चालनमा ल्याइएको यस प्याकमा अनलिमिटेड डेटा, अनलिमिटेड कल र प्रशस्त एसएमएस सेवालगायत आकर्षक सुविधा छन् जसले ग्राहकलाई २८ दिनसम्म ढुक्क रहन मद्दत गर्दछ।
कम्पनीले यसअघि प्रदान गर्दै आएको १ हजार ९ सय ९९ रुपैयाँको कम्बो अनलिमिटेड कल र इन्टरनेट सेवाको तुलनामा यो प्याकमा पाइने उही सेवाका मूल्य ६५ प्रतिशतले घटेको छ। करसहित ६ सय ९९ रुपैयाँ शुल्क पर्ने यो कम्बो प्याकको समयावधि २८ दिनको छ।
कुनै पनि नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने, अनलिमिटेड डेटा, दैनिक १०० एसएमएस र लायन्स गेट प्लेमा निःशुल्क पहुँच यो प्याकका मुख्य विषेशता हुन्। ग्राहकले सजिलै एस्ट्रिक्स१२३ह्यास डायल गरी यो प्याक लिन सक्छन्। त्यसैगरी एनसेल एप वा नजिकैको एनसेल सेन्टर वा एनसेल पसलबाट पनि यो प्याक लिन सकिन्छ।
