बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

बालेन सरकारका मन्त्रीलाई परराष्ट्र मन्त्रालयले दियो कूटनीतिक विषयमा प्रशिक्षण

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २५ २०८२
बालेन सरकारका मन्त्रीलाई परराष्ट्र मन्त्रालयले दियो कूटनीतिक विषयमा प्रशिक्षण

काठमाडौं- परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका सबै मन्त्रीलाई प्रशिक्षण दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित उक्त प्रशिक्षणमा सबै मन्त्रीलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रशिक्षण दिएको प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्।

राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवद्र्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत प्रशिक्षण दिएका थिए। 

सचिव राईले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमाहरू र कूटनीतिक मर्यादाका सम्बन्धमा सूक्ष्म ढंगले जानकारी गराए।

नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षहरूलाई उनले विशेष जोड दिएका थिए।

साथै विदेशी पदाधिकारीहरूसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य पालनाका विषयमा समेत मन्त्रीहरूले प्रशिक्षण पाएका छन्।


प्रकाशित : बुधबार, चैत २५ २०८२१४:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend