काठमाडौं- चैत २७ गते शुक्रबारदेखि देशभर केई गाडीको एक्सचेन्ज क्याम्प सुरु हुने भएको छ। केई गाडीका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटी प्रालि र जीओ अटोमोबाइल्स प्रालिले नयाँ वर्ष २०८३ अवसरमा उक्त एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको हो।
एक्सचेन्ज क्याम्प चैत २९ गतेसम्म केईका देशभरका आधिकारिक शोरुमहरूमा सञ्चालन हुनेछ। जहाँ ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डका पुराना गाडीसँग केईका नयाँ ईभी साट्न सक्नेछन्। यो ग्राहकका लागि सहज र उत्कृष्ट मूल्यमा आफ्नो सवारी साधन केईका ईभीमा अपग्रेड गर्न अवसर रहेको कम्पनीको भनाइ छ।
यस एक्सचेन्ज क्याम्पमा ग्राहकले विभिन्न आकर्षक अफर पाउने छन्। जसमा नयाँ वर्ष विशेष नगद फाइदा, आकर्षक एक्सचेन्ज बोनस, उत्कृष्ट सवारी मूल्यांकन, फाइनान्सिङ सुविधा, अटो बीमा, ७ किलोवाट वा ३ किलोवाट चार्जर पाउने छन्।
साथै प्रत्येक बुकिङमा जोडीका लागि दुसित थानी धुलिखेलमा एक रातको निःशुल्क प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ। एक्सचेन्ज क्याम्पमा ग्राहकले केई इक्युट ०२, इक्युट ०४, एक्स थ्री प्रो ईभी लगायतका विद्युतीय मोडलको बारेमा जानकारी लिन र अवलोकन गर्न सक्ने छन्।
एक्सचेन्ज क्याम्पमा आगन्तुकले लाइभ फुड स्टल र मनोरञ्जनात्मक गतिविधिको आनन्द लिन सक्नेछन् जसले ग्राहक र उनीहरूका परिवारका लागि यो अनुभवलाई थप रोचक बनाउने छ। नेपालमा किफायती र भ्यालु फर मनी सवारीसाधनको बढ्दो मागलाई सम्बोधन गर्न र आधुनिक मोबिलिटीमा पहुँच सहज बनाउन यो क्याम्प आयोजना गर्न लागिएको हो।
