काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८३ को अवसरमा 'नयाँ वर्ष शुभएक्सचेन्ज' योजना सार्वजनिक गरेको छ।
नयाँ वर्षको अवसरमा आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर टाटाको नयाँ गाडी लिन चाहने ग्राहकलाई लक्ष्य गर्दै यही चैत्र २७ गते चैत्र ३० गतेसम्म नयाँ वर्ष शुभएक्सचेन्ज क्याम्पको आयोजना हुन लागेको हो।
यो क्याम्पमा टाटा कार खरिद गर्ने ग्राहकलाई लक्की ड्रमार्फत भारतमा टाटा आईपीएल प्रत्यक्ष हेर्न जाने मौका छ। यसका साथै आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर, लाइफटाइम डीसी फास्ट चार्जिङ तथा होम चार्जिङ इन्स्टलेसन जस्ता विशेष लाभ समावेश रहेको कम्पनीले जनाएको छ।
नयाँ वर्षलाई अझ उत्साहपूर्ण बनाउँदै टाटा मोटर्सले ग्राहकलाई आधुनिक, सुरक्षित र विश्वसनीय सवारी साधनसँगै अविस्मरणीय अनुभव दिने लक्ष्य लिएको छ।
इच्छुक ग्राहकले यस योजनाको लाभ उठाउन नेपालभर रहेका टाटा मोटर्सको शोरुममा गएर विस्तृत जानकारी लिन सक्नेछन्।
