बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

शेरबहादुर र आरजुविरुद्ध पक्राउ पुर्जी जारी, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

बुधबार, चैत २५ २०८२
शेरबहादुर र आरजुविरुद्ध पक्राउ पुर्जी जारी, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि सम्पत्ति शुद्धीकरणको अनुसन्धानलाई तीव्रता दिइएको छ।

काठमाडौं- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

देउवा दम्पतिविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ। त्यसैको अनुसन्धानका लागि उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट मंगलबार पक्राउ पुर्जी जारी गरिएको हो। 

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले नै देउवा दम्पतिमाथि अनुसन्धान गर्न विभागलाई निर्देशन दिएको थियो। यही चैत १३ गते बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि सम्पत्ति शुद्धीकरणको अनुसन्धानलाई तीव्रता दिइएको छ। 

देउवा दम्पती स्वास्थ्य उपचारको लागि भन्दै अहिले हङकङमा छन्।

भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रमुख माग राखेर गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देउवाको घरमा आगजनी भएको थियो। उनको घरमा व्यापक रकम भेटिएको विषयसमेत बाहिरिएको थियो। आगजनीपछिको खण्डहरमा कतिपय जलेका नोटसमेत भेटिएका थिए। 


प्रकाशित : बुधबार, चैत २५ २०८२१३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend