काठमाडौं- नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य उच्च रकमले वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला ७ हजार २ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २ सय ५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार रुपैयाँ कायम भएको छ। हिजो मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ हजार २५ रुपैयाँ कायम भएको छ। हिजो मंगलबार चाँदी प्रतितोला ४ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो।
